काठमाडौं । आज देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।