आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते-Sutra News

आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

शनिबार, २९ मंसिर २०८१

शनिबार, २९ मंसिर २०८१

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् ।



शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारी बताए।

एसपी अधिकारीका अनुसार शरीरमा आगो लगाएपछि प्रहरीको टोलीले महिलालाई उनार गरेको छ । उनलाई उद्धार गरी साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटल लगिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट