संविधान संशोधनमा बाबुराम भट्टराईको जोड-Sutra News

संविधान संशोधनमा बाबुराम भट्टराईको जोड

शनिबार, २९ मंसिर २०८१

शनिबार, २९ मंसिर २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी(नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी रु विषयक कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।



उनले ठुलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ छ । भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने समेत बताए । लडेर बनाएको जनताको संविधान बचाउनका लागि सबै एक हुनुपर्ने भट्टराईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट