चितवनको चौथो जितले पोखरा र विराटनगरलाई पुर्‍यायो प्लेअफबाट बाहिर-Sutra News

चितवनको चौथो जितले पोखरा र विराटनगरलाई पुर्‍यायो प्लेअफबाट बाहिर

शनिबार, २९ मंसिर २०८१

शनिबार, २९ मंसिर २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी शनिबारको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ ।



चितवनको जितसँगै अन्तिम खेलअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्स शीर्ष चारमा नपर्ने पक्का हुँदै दुवै टोली लिग चरणबाट बाहिरिएका हुन्। यि दुई टोलीसहित समग्रमा तिन टोली लिग चरणबाट बाहिरिएका छन्। आजको खेलमा पराजित भएपनि १० अंक जोडेर शीर्ष स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगीसकेको छ।

अब ८.८ अंक भएका सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोज तथा ६ अंक जोडेको काठमाडौं मध्ये तीन टोली प्लेअफ पुग्नेछन्। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। कर्णाली र काठमाडौंले अन्तिम खेल खेल्न बाँकी रहदा चितवनले भने सबै ७ खेलेको खेलेको छ। जनकपुरका जिम्मी निशमको बिस्फोटक ब्याटिङ जित दिलाउन पर्याप्त भएन । उनले १८ बलमै अर्धशतक प्रहार गर्दा १५औं ओभरको पहिलो बलमा सोहिल तन्विरको बलमा क्याच हुन पुगेका थिए । तर सो बल नो बल भएको थियो। त्यतिबेला निशमले ५८ रन जोडेका थिए। त्यसपछिको फ्रि हिटमा छक्का प्रहार गरेका निशम चौथो बलमा भने आउट भए।

कप्तान कुशलले ७२ रनको योगदान गरे। १९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। १७औं ओभरमा निशमकै बलमा आसिफ शेखले क्याच छाड्दा कुशलले ५३ रनमा जीवनदान पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार