काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ । माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो । गत शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रूपैयाँले बढेकाे हाे ।
बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०,ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रूपैयाँ छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ५५, ठूलो चार सय ७० र एक्सल चार सय ८५ रूपैयाँ थियो । यो किसानले पाउने मूल्य हो । उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ छ ।