सहकारी ठगी गर्नेको अनुहार हेरेर छुट दिइँदैन- गृहमन्त्री लेखक-Sutra News

सहकारी ठगी गर्नेको अनुहार हेरेर छुट दिइँदैन- गृहमन्त्री लेखक

आइतबार, ३० मंसिर २०८१

आइतबार, ३० मंसिर २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी गर्नेको अनुहार हेरेर कसैलाई पनि छुट दिन नसकिने बताएका छन् ।



चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, ‘सहकारीमा ठगी गर्ने, अपचलन गर्ने, अपराध गर्ने सबैका माथि अनुसन्धान हुन्छ, कसैको पनि अनुहार हेरेर छुट दिइँदैन ।’ लेखकले भने, ‘सहकारी ठगीको आरोपमा पार्टीका उपसभापति माथि पनि बयान लिने बुझ्ने काम भइरहेको छ ।’

सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई कहिले पक्राउ पर्छन् भन्ने पत्रकारको अर्को प्रश्नमा गृहमन्त्री लेखकले जीबीलाई पक्राउ गरेर नेपाल ल्याउने काममा सरकार लागि परेको बताए । तर, राई कुन देशमा लुकेका छन् भन्ने प्रश्नको जवाफ गृहमन्त्रीले दिएनन् ।

सहकारी पीडितहरूको बचत रकम फिर्ताका लागि सरकारले ठोस योजना तयार गरिरहेको भन्दैं त्यसलाई चाँडै नै सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट