स्कट कुगेलिनको पाँच विकेटसँगै पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित-Sutra News

स्कट कुगेलिनको पाँच विकेटसँगै पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित

आइतबार, ३० मंसिर २०८१

आइतबार, ३० मंसिर २०८१

काठमाडौं । सुदुरपश्चिम रोयल्ट नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो ।



सुदूरपश्चिमको जितमा न्यूजिल्यान्डका बलर स्कट कुगेलीन नायक बने । उनले पाँच विकेट लिएका छन् ।

आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा पुगेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो ।

पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए । बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार