

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच भोलि सोमबार लिग चरणको अन्तिम एक खेल हुने भएको छ ।
खेल भोलि विहान ९ः१५ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।
सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राईनोजले कम्तीमा प्लेअफमा स्थान पक्का गरिसकेको छ। प्लेअफ होडमा कर्णाली याक्स र काठमान्डु गुर्खाज छन् ।