मधुमेह नियन्त्रण गर्न यी ७ फलफूल औषधि समान, एक महिनाभित्रै देखिनेछ प्रभाव !-Sutra News

मधुमेह नियन्त्रण गर्न यी ७ फलफूल औषधि समान, एक महिनाभित्रै देखिनेछ प्रभाव !

सोमबार, १ पौस २०८१

सोमबार, १ पौस २०८१

मधुमेह एक गम्भीर रोग हो, जुन जीवनशैलीको प्रभावका कारण हुन्छ। यसलाई साइलेन्ट किलर रोग पनि भनिन्छ ।



मधुमेह नियन्त्रण गर्न हामीले आफ्नो खानपानमा ख्याल गर्नुपर्छ । मधुमेह रोगीहरुलाई फलफूल नखान सल्लाह दिइन्छ तर के तपाईलाई थाहा छ केहि यस्ता फलहरु छन् जुन मधुमेहका बिरामीले खानुपर्छ ।

पोषणविद तथा आहारविदका अनुसार नियमित केही फलफूल खाएमा मधुमेहकाे समस्या कम हुँदै जानेछ ।

कुन फलफूल लाभकारी ?

१. स्याउ- स्याउमा धेरै मात्रामा फाइबर हुन्छ, विशेषगरी यसमा पेक्टिन नामक फाइबर पाइन्छ । जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।

स्याउ एन्टिअक्सिडेन्ट र भिटामिन सीको राम्राे स्रोत पनि हो, जसले शरीरलाई स्वस्थ राख्छ। स्याउमा कम क्यालोरी हुन्छ र यसले लामो समयसम्म पेट भरी राख्छ।

२. नासपाती– यो फलमा फाइबर पनि प्रशस्त हुन्छ । यसमा पाइने इन्जाइमले पाचन प्रणालीलाई मजबुत बनाउँछ।

नाशपातीको सेवनले कब्जियतको समस्याबाट छुटकारा पाउँछ र यसको ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसलाई खानु पनि फाइदाजनक हुन्छ ।

३. अनार- अनार पनि एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो, जुन मधुमेह रोगीहरूले खानु धेरै लाभदायक हुन्छ। यसको सेवनले टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।

४. अम्बा – अम्बामा फाइबर, भिटामिन सी, पोटासियम र आइरन पनि प्रशस्त हुन्छ। मधुमेह रोगीका लागि यो फल खानु निकै फाइदाजनक हुन्छ । यसमा चिनी नियन्त्रण गर्ने गुण पाइन्छ ।

५. चेरी- चेरी पनि कम क्यालोरी र कम ग्लाइसेमिक इन्डेक्स फल हो, जसलाई मधुमेह रोगीहरूले खान सक्छन्। मधुमेहसँगै चेरी मुटुरोग र क्यान्सर जस्ता रोगमा पनि फाइदाजनक हुन्छ ।

६. स्ट्रबेरी – स्ट्रबेरीमा धेरै कम चिनी र धेरै एन्टिअक्सिडेन्ट हुन्छ। यसले इन्सुलिन स्तर सुधार गर्न मद्दत गर्छ। यसमा फाइबर पनि हुन्छ, जसले रगतमा चिनीको मात्रालाई स्थिर राख्छ।

७. सुन्तला- यो फलमा भिटामिन सी, फाइबर र फ्लेभोनोइड्स हुन्छ, जसले इन्सुलिनको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ। यो ब्लड सुगर नियन्त्रण गर्न पनि उपयोगी छ। ध्यान दिनुहोस्, सुन्तलालाई फलको रूपमा मात्रै खानुपर्छ। न्यूज २४बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट