कर्णाली याक्स बन्यो प्लेअफमा पुग्ने चौथो टोली-Sutra News

कर्णाली याक्स बन्यो प्लेअफमा पुग्ने चौथो टोली

सोमबार, १ पौस २०८१

सोमबार, १ पौस २०८१

काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको जारी खेलमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । प्लेअफमा पुग्ने दौडमा रहेको काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।



अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेअफ पुगेको हो ।

यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार