काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज राष्ट्रिय झण्डा दिवस मनाएको छ ।
दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा नागरिकहरुको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ । २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा अंगिकृत गरिएको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि दिवसको रुपमा मनाउने गरेको छ ।
पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने मत प्रतिष्ठानको छ ।