रविलाई म्याद थपका लागि अदालत पेश गरिँदै-Sutra News

रविलाई म्याद थपका लागि अदालत पेश गरिँदै

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न म्याद थपका लागि आज अदालतमा पेश गरिँदैछ । सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



लामिछानेलाई अन्तिम पटक म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो । अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइन लागिएकाे हाे ।

उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्दको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित ५१ जनालाई प्रतिवादी बनाएर कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट