काठमाडौं । स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार पनि सुनको मूल्य बढेको थियो ।
सुनको मूल्य बढिरहँदा चाँदीको मूल्य भने यस दिन स्थिर छ । आज स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ४० रुपैयाँको दरले किनबेच भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य सोमबार पनि घटबढ भएको थिएन ।
अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव चलिरहेको छ । तिव्र उतारचढावका बिच किनबेच भने प्रभावित भएको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २६५१ डलरमा कारोबार भइरहेको छ ।