रुपन्देही । गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न निर्देशन दिएका छन् ।
रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको विषयलाई जोड्दै सिमानामा हुने तस्करी तुरुन्त रोक्न निर्देशन दिएका हुन् ।
सिमापार अपराधको नियन्त्रण नियन्त्रण देखिने गरी हुनुपर्ने उनले बताए । लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन् । सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने बित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइने गरेको उल्लेख गर्दै मन्त्री लेखकले अहिलेको गठबन्धन २०८४ सम्म नै जाने जिकिर गरेका छन् ।