पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
लामिछानेलाई अन्तिम पटक म्याद थपका लागि अदालत पेश गरिएकाे हाे । अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइएकाे हाे ।
उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्दको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ।
उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।