हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनसँगै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) निकै उत्साहित देखिएको छ । उसले गठबन्धनको संस्कृतिलाई तिलाञ्जली दिँदै अब फस्ट पार्टी बन्ने अभियान थाल्ने बताएको छ । चुनावी नतिजाले सोतर्फ संकेत गरेको माओवादीभित्रको बुझाई छ ।
माओवादी केन्द्र ‘मिसन ८४’ लाई घनिभूत रूपमा लागिरहँदा सूत्र टिभीले माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’सँग केही जिज्ञासा राखेको छ । समसामयिक राजनीतिक विषयसँग केन्द्रित रहेर दीपशिखासँग गरिएको कुराकानीको सम्पादित अंश :
प्रचण्डले हालै सार्वजनिक रूपमै ‘फस्ट पार्टी’ बनियो भन्नुभयो । ७/८ वडा जित्दैमा फस्ट पार्टी बनेकै हो त ?
स्थानीय तहको उपनिर्वाचनको नतिजा आइसकेको अवस्था र सबैले स्वीकार गरिसकेको कुरालाई नमान्ने भन्ने हुँदैन । माओवादीको लोकप्रियता बढ्दै गएको सन्दर्भमा आएको यस्तो नतिजालाई सामान्य मान्न सकिन्छ । त्यो त्यति ठूलो कुरा होइन ।
०६४ को नतिजा बिर्सिनु भयो है ! आधार इलाका ध्वस्त भएको विषयलाई के मान्ने ? रुकुम रोल्पामा त शिला खोज्नुपर्ने देखियो नि ?
उपनिर्वाचनको सन्दर्भमा अध्यक्ष प्रचण्डले भन्नुभएको कुरामा ०६४ जोडिएकै छैन र यस नतिजालाई आश्चर्य मान्नुपर्ने छैन । माओवादीको आधार क्षेत्र मानिएका हाम्रो प्रभाव क्षेत्रमा भएको निर्वाचनमा एउटा पार्टी हराउन भए जतिका सबै पार्टीहरू मिलेर चुनाव लड्नु पर्ने रहेछ, यसलाई सुखद मान्नुपर्छ ।
हाम्रो पार्टी पहिलो हुनका लागि प्रयत्न गरिरहेको छ । त्यसका लागि आफैँलाई सच्याउँदै २०८४ मा परिणाम देखाउनु पर्छ ।
६४ मा माओवादी एक्कै चुनावी मैदानमा होमिएको थियो । त्यस समयमा हामीलाई चुनावको टेक्निकल कुरा थाहा थिएन । हामीलाई जनताले चुनाव जिताएका थिए ।
हामीले दोस्रो संविधान सभाको निर्वाचन भने टेक्निकल रूपमै लड्यौँ । त्यसपछि हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्यौँ । त्यसबिचको चुनावहरूमा हामी गठबन्धनमा लड्यौँ । अहिले हामी केही जान्ने र मान्य पनि भएका छौँ । गत स्थानीय तहको निर्वाचनमा हामीले टेक्निकल कुरा नजान्दा केही स्थानमा हार बेहोर्नुपर्यो । तर, अब त्यस्ता टेक्निकल कुरामा हामी कमजोर छैनौ । हामी पनि जान्ने भएका छौँ ।
०६४ पछि हामी यता कदा सिंहदरबारभित्रै हरायौँ र मात्तियौ पनि । र, हामीले जनता बिर्सियौँ । जनतामाझ फर्किएनौ । जनतासँग सम्बन्ध हामीले राम्रो बनाउन सकेनौ । त्यसो हुँदा जनता र हाम्रो आधार क्षेत्र(जमिन) बिर्सँदा केपी ओली जस्ता मान्छेले कान समातेर उठबस गराउँछ भन्ने कुरा पनि हामीले जान्यौँ ।
टेक्निकल कुरामा जान्ने भयाैं भन्नुभयाे, के हाे टेक्निकल कुरा भनेकाे ?
मतदानमा मतदातालाई प्रभावित पार्ने पाटो फरक भएता पनि त्यसपछि हुने गतिविधिलाई टेक्निकल कुरा मान्न सकिन्छ । अहिले अरूले कसरी प्रभावित पार्ने रहेछन् भन्ने कुरा हामीले पनि जानेका छौँ । त्यस बाहेक मत गणना गर्दा हुने जालझेल जटिल कुरा छ । जस्तो मत गणनामा प्रयोग गरिने कुरालाई ध्यान दिनुपर्ने कुरा महत्वपूर्ण छ ।
कर्मचारीको मिलेमतोमा अन्य दलकाले रेजा प्रयोग गर्दा चार वटापछि एउटा तेस्रो धर्कोले पाँच पुग्नुपर्नेमा तीन वटामा नै तेस्रो धर्को लगाएर पाँच पुर्याउने प्रति हाम्रो निगरानी बढेको छ । यस्ता टेक्निकल कुरामा हामी जान्ने भएका छौँ । त्यससँगै हामी जनताले भनेको मान्ने पनि भएका छौँ ।
०६४ पछि हामी यता कदा सिंहदरबारभित्रै हरायौँ र मात्तियौ पनि । र, हामीले जनता बिर्सियौँ । जनतामाझ फर्किएनौ । जनतासँग सम्बन्ध हामीले राम्रो बनाउन सकेनौ । त्यसो हुँदा जनता र हाम्रो आधार क्षेत्र(जमिन) बिर्सँदा केपी ओली जस्ता मान्छेले कान समातेर उठबस गराउँछ भन्ने कुरा पनि हामीले जान्यौँ । त्यसैले हामी मान्ने र जान्ने भएका छौँ । अब हामी ८४ को निर्वाचनमा एक्लै चुनाव लड्छौँ र जित्छौँ ।
कांग्रेस र एमालेभन्दा माओवादी नै ठिक रहेछ भन्ने आम जनतामा परिसकेको छ । त्यसको लागि स्थानीय तहको उपनिर्वाचनलाई नै हेर्न सकिन्छ । कीर्तिपुरको नतिजाले हामी उपत्यकामा पनि सुध्रिएको देखाएको छ । यसले आम जनतामा माओवादी मात्र जनपक्षिय रहेछ भन्ने परिसकेको छ ।
फुट्दै–फुट्दै शेख बाँकी रहेको माओवादीभित्रको गुटगत विवाद सामान्य छैन । प्रत्येक नेताका चोक गल्लीमा आ–आफ्ना गुट छन् । यही तरिकाले उँभो लाग्छ त ?
पार्टीभित्रको गुटलाई सामान्य मान्दा हुन्छ । तर, विचारको भिन्नता आयो भने त्यो अलि जटिल बन्न सक्छ । विचार र कार्यदिशाको मतभेदले मात्र पार्टीलाई क्षयीकरण तर्फ लग्छ । चोइटिएका माओवादी धाराहरू अब छिट्टै एक ठाउँमा आएको देख्न पाइने छ ।
रविमाथि सरकारले अपनाएको रवैया सही छैन भन्ने हो । अनुसन्धानमा रहेको मान्छेलाई जुन नियतले सरकारले दुःख दिने काम गरिरहेको छ त्यसो नहोस् भन्नका लागि मात्र हामीले आवाज उठाएका हौँ । एमाले र कांग्रेसकै मान्छेहरू सहकारी ठगीमा जोडिदा उन्मुक्ति दिने अनि प्रमाणित नै नभएको मान्छेलाई मानव अधिकारको हेक्का नै नराखी दुःख दिने नियत राख्ने कार्यको विरोध मात्र गरेका हौँ हामीले ।
तपाईँ वाइसिएल पृष्ठभूमिको नेता । वाइसिएलको विगतको प्रभाव र अहिलेको अवस्था कस्तो मान्नुहुन्छ ?
वाइसिएलको पनि थुप्रै कथा कहानीहरू छन् । पार्टीले कहिले बुद्ध बनेर बस भन्यो, कहिले लेनिन, कहिले माओ, कहिले के बन भन्यो त्यस्तै अवस्थामा अल्झिएको छ । त्यसै अब यस्ता सङ्गठनात्मक अवरोधहरू फुकाउन पार्टीभित्र बसेर काम गरिरहेका छौँ ।
सहकारी ठगीको मुद्दा खेपिरहेका रविको बचाउमा उत्रिने तहमा माओवादी देखियो । विगतमा तपाईँहरूले प्रश्न उठाउनु हुन्थ्यो आज बचाउ ? योभन्दा लाजमर्दो केही हुन्छ ?
माओवादी रविको बचाउमा भन्दा पनि निष्पक्ष छानबिन होस् र दोषी भए कारबाही होस् भन्ने हो । रविमाथि सरकारले अपनाएको रवैया सही छैन भन्ने हो । अनुसन्धानमा रहेको मान्छेलाई जुन नियतले सरकारले दुःख दिने काम गरिरहेको छ त्यसो नहोस् भन्नका लागि मात्र हामीले आवाज उठाएका हौँ । एमाले र कांग्रेसकै मान्छेहरू सहकारी ठगीमा जोडिदा उन्मुक्ति दिने अनि प्रमाणित नै नभएको मान्छेलाई मानव अधिकारको हेक्का नै नराखी दुःख दिने नियत राख्ने कार्यको विरोध मात्र गरेका हौँ हामीले ।
अदालतले दोषी ठहर्याएको मीनबहादुर गुरुङबाट राज्यको प्रधानमन्त्रीले करोडौँको दान लिने काम त प्रमाणित अपराध हो नि । केपी ओली जेल किन नजाने ? प्रमाणित नै नभएका रविलाई देशभरका विभिन्न जिल्लाबाट मुद्दा लाग्ने केपी ओलीलाई किन नलाग्ने ? आफू मिडिया लगेर, फोटो खिचाएर हाकाहाकी घुस लिने अनि अर्का देशको पूर्व उपप्रधानसहित गृहमन्त्री भइसकेका रविलाई मध्यरातमा स्वास्थ्य अवस्था ठिक छैन भन्दाभन्दै उठाएर हिँड्छ भने त्यो रवि माथिको ज्यादती होइन ? हो यस्तो ज्यादती नगर भनेको मात्र हो माओवादीले ।
रविमाथि गरेको ज्यादतीलाई हेर्दा सरकार सिंहदरबारमा बसेर गुण्डागर्दी गरेको प्रस्ट छ नि । कुलमान घिसिङसँग बदला लिने, टियुको उपकुलपतिसँग बदला लिने, रविसँग बदला लिने अनि मीनबहादुर जस्ता भ्रष्ट ठहरिएकाहरूसँग घुस लिने योभन्दा सरकारको नालायकीपन र दादागिरी केही हुन सक्छ ? त्यसैले यो देशमा सरकार नै छैन ।
अदालतले दोषी ठहर्याएको मीनबहादुर गुरुङबाट राज्यको प्रधानमन्त्रीले करोडौँको दान लिने काम त प्रमाणित अपराध हो नि । केपी ओली जेल किन नजाने ? प्रमाणित नै नभएका रविलाई देशभरका विभिन्न जिल्लाबाट मुद्दा लाग्ने केपी ओलीलाई किन नलाग्ने ?
राजनीति नै परिवर्तन गर्छु भनेर आउनुभएको तपाईँहरू स्वयम् परम्परा धान्ने शैलीमा आउनु भयो । राजनीतिलाई पेसा र व्यवसाय बनाउनु भयो । धेरै नेताका आम्दानीका स्रोत राजनीति बनेका छन् । यसलाई सामान्य बुझ्ने ?
पहिलो कुरा त माओवादीभित्रका सबैलाई एउटै टोकरीभित्र हालेर हेर्न भएन । सबै एकै स्वभावका छैनन् । कोही भटाहा भए होलान्, कोही नेताका छोराहरू चोर भए होलान्, बिग्रिए होलान्, भ्रष्ट भए होलान् तर समग्र माओवादी आन्दोलनलाई एउटै विषयमा जोड्नु जायज हुँदैन ।
सामाजिक तथा सांस्कृतिक परिवर्तन गराउन भन्दै रगतकै होली खेलेका क्रान्तिकारीहरूले दिने सन्देश त फरक हुनु पर्ला नि ?
परिवर्तन हामीले गरेको हो । हामीले जनयुद्ध लडेर आएपछि जनयुद्ध लडेकाहरूको नियोजित व्यवस्थापनमा हामी चुक्यौँ । तर, हामीले यो वा त्यो दिन्छौँ भनेर आन्दोलनमा कसैलाई बोलाएका थिएनौ । आज समाजमा संस्कारको खडेरी छ । समाजमा बसेर प्रचण्डलाई मात्र केन्द्रित गरेर परिवर्तन हुँदैन । हामी सबै सच्चिने हो भने मात्र परिवर्तन सम्भव हुन्छ ।
अन्तिममा, माओवादीको अबको गन्तव्य कता ? बालकोट कि बुढानीलकण्ठ ?
अबको गन्तव्य खुमलटार हो । अब माओवादी बालकोट र बुढानीलकण्ठ नभई ०८४ मा खुमलटारमा गठबन्धन गरेर जाऊँ भन्दै आएको समाचार देख्न र सुन्न पाइन्छ । हामीले बोकेर हाम्रो काँध चढेर यी पार्टीहरू ठूला भएका हुन् । हाम्रो काँध नचढ्दा होचो हुने रहेछ भन्ने हामीले अस्तिको चुनावबाट देखाइदिएका छौँ ।
०८४ मा हामी एक्लै चुनाव लड्छौँ । त्यसअघि सत्तामा जाँदैनौ ।
पूरा संवाद भिडियाेमा हेर्न लिंकमा क्लीक गर्नुहाेस्