शोभा पाठकलाई ३ दिन हिरासतमा राखिने-Sutra News

शोभा पाठकलाई ३ दिन हिरासतमा राखिने

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतविरूद्ध उजुरी दिएर चर्चामा आएकी शोभा पाठकलाई ३ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।



प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको थियो। मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।

फेसबुकमा गालीगलौजयुक्त सामग्री राखेको र गालीबेइज्जती हुने खालका अभिव्यक्ति दिएको भन्दै राजकुमार त्रिपाठीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पाठकमाथि प्रहरी वृत्त स्वयम्भूले साइबर अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ। त्यसअघि पनि सामाजिक सञ्जालमार्फत चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीकाका आधारमा उनी पक्राउ परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट