ट्रकको ठक्करबाट युवकको मृत्युपछि राजमार्ग अवरुद्ध-Sutra News

ट्रकको ठक्करबाट युवकको मृत्युपछि राजमार्ग अवरुद्ध

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१
दाङको राप्ती गाउँपालिका–२ स्थित कटेशनाला नजिक मङ्गलबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न सडकमा बसेका स्थानीयवासी । हिजो सोमबार बेलुका करिब ६ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वा ४ ख २२६१ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोनु गुरुङको मृत्य भएपछि उचित क्षतिपूर्ति र चालकलाई कारवाहीको माग गर्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् । तस्बिर: कुलदीप न्यौपाने /रासस

काठमाडौं । ट्रकको ठक्करबाट सोमबार बेलुका एक जनाको मृत्यु भएको घटनालाई लिएर उनका आफन्तले मंगलबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।



ट्रकको ठक्करबाट दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरका १८ वर्षीय सोनु गुरुङको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै उनका आफन्तले मंगलबार अपराह्नदेखि राप्ती गाउँपालिका–२ लालमटियामा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम यात्रा गर्ने गाडीहरू अलपत्र परेका छन् ।

सुर्खेतबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–२, कटेश नालामाविपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गुरुङको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते चालकलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ट्रक चालक सुनापती गाउँपालिका–५ रामेछापका ४१ वर्षीय सोम तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट