काठमाडौं । साउथ इन्डियन स्टार अल्लु अर्जुन पक्राउ परेपछि उनी अभिनित चलचित्र ‘पुष्पा–२ द रुल’ले भारतीय बक्स अफिसमा झन् धमाल मच्चाएको छ ।
चार दिन अघि १३ डिसेम्बरमा सन्ध्या थिएटरबाहिर भएको भाग दौडमा एक महिला मारिएकी थिइन् । सोही घटनापछि अभिनेता अल्लु अर्जुनलाई प्रहरीले गिरफ्तार गरेको थियो । यद्यपि केही समय पछि उनी रिहा भएका थिए ।
त्यसपछि पुष्पा–२ ले बक्स अफिसमा झन् तुफान ल्याएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । फिल्म रिलिजको दोस्रो साता सकिदा पुष्पा–२ को ग्रस कलेक्सन विश्वभर १४ सय करोड भारतीय रुपैयाँ पुगेको आजतकले लेखेको छ ।
अल्लुको पक्राउपछि बक्स अफिसमा फिल्मको पकड कमजोर हुने आकलन गरिएकामा झन् बढेको आजतकले जनाएको छ ।