दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामा राखेको भन्दै निवेदन दर्ता-Sutra News

दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामा राखेको भन्दै निवेदन दर्ता

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।



दुर्गा प्रसाईँका छोरा निराजन प्रसाईँले आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईँलाई कानुनसम्मत रूपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

प्रहरी हिरासतमा रहेका प्रसाईँमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ । उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट