महाधिवेशनको साढे पाँच महिनापछि एसमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?-Sutra News

महाधिवेशनको साढे पाँच महिनापछि एसमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गरेको छ । मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको हो ।



बैठकको निर्णयअनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने वरिष्ठ नेता डा. बेदुराम भुसालले संगठनको विभागको जिम्मेवारी पाएका छन् ।

यसैगरी, वरिष्ठ नेता प्रमेश हमालले विदेश विभागको जिम्मेवारी पाएका छन् भने घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुखको जिम्मेवारी पाएका छन् भने उपाध्यक्ष जगन्नाथ खतिवडाले संघीय तथा प्रादेशिक मामिला प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैगरी, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज र उपाध्यक्ष गंगालाल तुलाधरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

पार्टी महासचिव घनश्याम भुसालले अनुगमनको जिम्मा पाएका छन् ।

उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् भने उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी पाएका छन् ।

यसैगरी।, उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्ज, सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज र सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाएका छन् ।

नेतृ रामकुमारी झाँक्रीले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाउँदा लक्ष्मण केसीले युवा इन्चार्जको जिम्मेवारी पाएका छन् ।

पार्टी गठनपछि एकीकृत समाजवादीले गत असार १६–२१ मा काठमाडौंमा महाधिवेशन सम्पन्न गरेको थियो । ६ दिन लगाएर महाधिवेशन गरेपनि केही पार्टी अध्यक्ष, महासचिव र सम्मानित नेताबाहेकका पदमा जिम्मेवारी टुंग्याएको थिएन ।

महाधिवेशनसँगै एकीकृत समाजवादीभित्र कार्यविभाजनकै विषयले किचलो बनिरहेको थियो । महाधिवेशन सकिएको झण्डै साढे महिनापछि असन्तुष्टि समाधान गर्दै एसले नेताहरुको कार्यविभाजन टुंग्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट