सुनचाँदीको मूल्य घट्यो-Sutra News

सुनचाँदीको मूल्य घट्यो

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।



यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट