त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले प्रधानमन्त्रीलाई बुझायो अध्ययन प्रतिवेदन-Sutra News

त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले प्रधानमन्त्रीलाई बुझायो अध्ययन प्रतिवेदन

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाएको छ।



सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई मंगलबार भेटेर अध्ययन प्रतिवेदन बुझाएको हो। आयोगले अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रममा सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई पनि उपस्थित थिइन्।

आयोगका अध्यक्ष त्रिताल बिरामी भएकोले उपस्थित हुन सकेका थिएनन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट