काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गरेको छ ।
यो संगै कर्णालीले क्वालिफायर २ मा स्थान सुरक्षित गर्दा चितवन खेलदेखी बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल चितवनले १५४ रन मात्रै बनाउन सक्यो। अब कर्णालीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको क्वालिफायर १ मा हारेको टोलिसँग प्रतिस्पर्धा गर्नेछ।
चितवनले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सुरुआतीमा सम्हालिन नसक्दा नकआउट चरणबाट बच्न सकेन । पहिलो ओभरमै आपनर हसन इसाखिल एक रनमै आउट भएपछि चितवनले लगातार विकेट गुमाउँदै दबाबमा पर्यो। कप्तान कुशल मल्ल २१ रनमै बोल्ड आउट भएपछि चितवनको दबाब झन् बढ्यो। रवीले ३४ बलमा तीन चौका र चार छक्कासहित ५३ रन बनाएर उत्कृष्ट प्रदर्शन गर्दा बलिङतर्फ कर्णालीका जिशन मक्शूद सर्वश्रेष्ठ रहे।
उनले चार ओभर बलिङ गर्दै तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए भने विपिन शर्माले एक विकेट हात पारे। यो जितसँगै कर्णाली याक्स उपाधि होडका लागि अझै दौडमा रहँदै महत्त्वपूर्ण अवस्थामा पुगेको छ।