क्यान्सरजस्ता गम्भीर रोगसँगको लडाइँमा विश्वभर नै आशाको नयाँ किरण देखापरेको छ । रूसले क्यान्सरको लागि आफ्नै एमआरएनए भ्याक्सिन विकास गरेको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जनाइएअनुसार जुन २०२५ को सुरुमा सुरु हुनेछ।
यो खोप बिरामीलाई निःशुल्क उपलब्ध गराउने घोषणा पनि रूसले गरेकाे छ । रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनले यो घोषणा गरेका हुन्।
रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप क्यान्सरको उपचारमा कोसेढुङ्गा साबित हुन सक्छ । गमलेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी र माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले खोपको प्रि-क्लिनिकल परीक्षणका क्रममा ट्युमरको वृद्धि र मेटास्टेसिस (क्यान्सरको फैलावट) रोक्न प्रभावकारी भएको देखियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यस वर्षको सुरुमा भनेका थिए कि हामी नयाँ पुस्ताको क्यान्सर भ्याक्सिन र इम्युनोमोड्युलेटरी औषधिको निर्माणको धेरै नजिक पुगेका छौं।
क्यान्सर उपचारमा खोपको भूमिका
क्यान्सरको उपचारमा, खोपले प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिकाहरू पहिचान गर्न र नष्ट गर्न मद्दत गर्दछ। चिकित्सीय क्यान्सर खोपहरूले विशेष गरी ट्यूमर कोशिकाहरूको प्रोटीन वा एन्टिजेनहरूलाई लक्षित गर्दछ । शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई ट्युमर नष्ट गर्न सक्षम पार्छ। थप रूपमा, एचपिभी भ्याक्सिन जस्ता निवारक खोपहरूले भाइरससँग सम्बन्धित क्यान्सरहरू रोक्न मद्दत गर्दछ।
एआईकाे सहयाेग लिइने
रुसी भ्याक्सिन विज्ञ गिन्ट्सबर्गले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा व्यक्तिगत क्यान्सर भ्याक्सिन बनाउने प्रक्रिया घण्टामै पूरा गर्न सकिने बताएका छन् । वर्तमानमा, यो प्रक्रिया लामो र जटिल छ, किनभने यसमा गणितीय विधिहरू प्रयोग गरिन्छ। तर एआई र न्यूरल नेटवर्क कम्प्युटिङको सहयोगमा यसलाई ३० मिनेटदेखि १ घण्टामा मात्र पूरा गर्न सकिने जनाइएकाे छ । एजेन्सीबाट