काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।
बुधबार सो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो ।
पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।