भारतका लागि शर्मा र मलेसियाका लागि तिम्सिना राजदूतमा नियुक्त-Sutra News

भारतका लागि शर्मा र मलेसियाका लागि तिम्सिना राजदूतमा नियुक्त

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।



संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले डा. शंकर प्रसाद शर्मालाई भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट