नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या-Sutra News

नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

काठमाडौं । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।



बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएको हो।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए।

उनले आत्महत्याका दैनिक २० वटा घट्ना र जबर्जस्ती करणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताए। गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घट्नाहरु बढेको उनको भनाई छ।

एसएसपी अधिकारीले कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएको मा यो वर्ष १९२ मुद्दा दर्ता भएको बताए। त्यस्तै जबर्जस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दा दर्ता भएका छन्।

गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दाहरू दर्ता भएका थिए। जबर्जस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरू दर्ता भएकोमा यस वर्षको सोही अवधीमा बढेर १८६ वटा पुगेको छ।

संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन्। लागुऔषधसम्बन्धी मुद्दाहरू गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ।

सामाजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट