उद्योगको लाइन काट्दैमा समस्याको समाधान हुँदैन- उर्जामन्त्री खड्का-Sutra News

उद्योगको लाइन काट्दैमा समस्याको समाधान हुँदैन- उर्जामन्त्री खड्का

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् ।



बुधवार औद्योगिक व्यापार मेला बुटवल- २०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताएका हुन् । उनले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बताए ।

उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताए ।

“लाइन काट्नेकुरा समस्याको समाधान होइन । यदी महशुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खालि के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरुको पनि इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ,”उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट