आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बिहिबार, ४ पौस २०८१

बिहिबार, ४ पौस २०८१

आज मिती २०८१ साल पुस महिनाको ४ गते शुक्रबार तदनुसार डिसेम्बर महीनाको १९ तारीख सन् २०२४, पुष कृष्ण पक्षको चतुर्थी तिथी, आज बिहान ६ बजेर ४९ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर १३ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय रहेको छ । आर्थिक क्रियाकलापमा पनि सफलता मिल्नेछ भने बोलीको भरमा काम सम्पादन हुन सक्ने समय रहेपनि नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । रोकिएको काममा सफलता भने मिल्नेछ ।

बृष राशि: व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनुका साथै व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग रहेको छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउन सकिनेछ । अनावश्यक भ्रमण हुन सक्ने हुनाले, यसप्रति सचेत रहनु हितकर हुनेछ । स्वास्थ्यगत समस्याले सताउने सम्भावना रहेका सहयोगीहरूले काममा उत्साह जगाउनेछन् ।

कर्कट राशि: सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने समय छ । व्यावसायिक काममा खर्च बढ्ने सम्भावना रहेकाले निकै सावधानीपूर्वक आर्थिक कारोबार गर्नुहोला ।

सिंह राशि: अध्ययनमा कमजोरी देखिनुका साथै लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । तथापि, रोकिएका कतिपय काम बन्नाले उत्साह जाग्नेछ भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पनि उठाउन सकिने छ ।

कन्या राशि: आजको दिन लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नुका साथै कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य कमजोर भएको अनुभूति हुन सक्छ, खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला ।

तुला राशी: मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने समय रहेको छ । कृषिसम्बन्धी काममा केही समस्या देखिने सम्भावना रहेपनि मेहनत गर्दा धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । सुुखदुःखमा तपाईलाई साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

बृश्चिक राशि: अरूका काममा समय बित्न सक्ने सम्भावना भएपनि आजको दिन दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीका व्यवसायमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय रहेको छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्ने हुनाले सावधान रहनु तपाईको लागि हितकर रहनेछ ।

धनु राशि: आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । मिहेनत खेर जान नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । चोटपटककको सम्भावना रहेकाले सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु तपाईको लागि हितकर हुनेछ ।

मकर राशि: नयाँ कामको प्रस्ताव आउनुका साथै सहयोगीहरू भेटिनेछन् । धन आर्जन हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिने भएपनि इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्ने हुनाले सावधान रहनुहोला ।

कुम्भ राशि: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने उपयुक्त समय रहेको छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन पनि सुखमय बन्ने योग रहेको छ ।

र, मिन राशि: सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ भएपनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्ने योग छ । अप्रिय समाचार सुन्न सक्नुहुनेछ भने सचेत रहनु हितकर होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट