काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रूस र युक्रेनका लागि विशेष दूत किथ केलोगले दुई देशबीचको युद्ध रोक्नेबारे छलफल गर्न जनवरीमा युक्रेन र केही युरोपेली देशको भ्रमण गर्ने भएका छन्।
अमेरिकी सेनाका पूर्वजनरल केलोग सो भ्रमणमा मस्को नगए पनि युक्रेन लगायत फ्रान्स, इटली र अरू देश गएर शान्ति सम्झौताबारे कुरा गर्नेछन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। कुन(कुन देशहरू भ्रमण गर्ने भन्ने टुंगो नलागी सके पनि सो भ्रमणमा केलोगले रूससँगको युद्धको स्थितिका बारेमा तथ्यपरक जानकारी लिनेछन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक रूससँग शान्ति सम्झौता गर्नेबारे ट्रम्पका अधिकारीसँग छलफल गर्न दुई हप्ताअघि अमेरिका गएका थिए। उनको सो भ्रमणमा के(के सर्तमा शान्ति सम्झौता गर्नेबारे छलफल भयो भनेर अहिलेसम्म विस्तृत रूपमा खुलेको छैन।
त्यसैले शान्तिका लागि वार्तामा बस्नुअघि रूस सकेसम्म धेरै भूमि कब्जा गर्न लागिपरेको छ भने युक्रेन पनि सकेसम्म रूसलाई रोक्ने प्रयास गरिरहेको छ।