निरन्तर ओरालोमा नेप्से, साढे २ महिनापछि २५ सयकाे बिन्दुमा झर्याे-Sutra News

निरन्तर ओरालोमा नेप्से, साढे २ महिनापछि २५ सयकाे बिन्दुमा झर्याे

बिहिबार, ४ पौस २०८१

बिहिबार, ४ पौस २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।



नेप्से झन्डै साढे २ महिनापछि २६ सय विन्दुमुनि झरेकाे हाे । यसअघि गएकाे असाेज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेकाे थियाे । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब २७ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट