एनसेलमा कसरी लिने अनलिमिटेड डेटा सापटी ? यस्तो छ प्रक्रिया-Sutra News

एनसेलमा कसरी लिने अनलिमिटेड डेटा सापटी ? यस्तो छ प्रक्रिया

बिहिबार, ४ पौस २०८१

बिहिबार, ४ पौस २०८१

काठमाडौं। एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन्। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।



यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित रु ५० रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल लिन सक्छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ ।

कर सहितको सेवा शुल्क रु २.४८ र १ दिने अनलिमिटेड डेटाको रु ५० गरि ब्यालेन्स रिचार्ज गर्दा कुल रु ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन् ।

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।

एनसेलले यो अनलिमिटेड डेटा बाहेक रु ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट