काठमाडौं । कृषि विकास बैंकले सेयर धनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयर धनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सूचनामार्फत जानकारी दिएको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयर धनीले पाउनेछन् ।