काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको बताएका छन् ।
उनले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताए । अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २, ३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताए ।
तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको बताए । उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र कालीगण्डकी पनिछिटै सञ्चालनमा आउने भएकोले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए ।
घिसिङले उद्योगीहरुले पहिले लोडसेडिङ हुँदा पनि डिजेलबाट उद्योग नचलाएको भन्दै त्यो समयको बिजुलीको पैसा तिर्न पर्दैन रु भन्दै प्रश्न समेत गरे ।