नबिलकाे बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा-Sutra News

नबिलकाे बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

शुक्रबार, ५ पौस २०८१

शुक्रबार, ५ पौस २०८१

काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल फ्री नम्बरसहितको सुविधा सुरु गरेको छ। ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउन यस्तो सुविधा सुरु गरिएको बैंकले जनाएको छ।



अब ग्राहकले नेपाल टेलिकम र एनसेल नेटवर्कमार्फत शुल्क बिनै बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। यस्तो सुविधा प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ।

बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताका लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ। टोल फ्री नम्बर २४सै घन्टा र सातै दिन सञ्चालनमा रहने बैंकले जनाएको छ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएमबाट सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट