काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्ती धुमधामका साथ मनाउने भएको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको हो । पृथ्वीजयन्तीलाई भव्यताका साथ मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।
उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफलका लागी पुन शनिबार बैठक बस्ने जनाएको छ ।