नेपालमा फेरि मंकीपक्स संक्रमित भेटियो-Sutra News

नेपालमा फेरि मंकीपक्स संक्रमित भेटियो

शनिबार, ६ पौस २०८१

शनिबार, ६ पौस २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ।



मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा पुन: मंकीपक्स पुष्टि भएपछि सतर्कता अपनाउन सचेत गराएको हो । साउदी अरेवियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टी भएको थियो ।

उनी खटिराको समस्या लिएर काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौँमा पुस ४ गते उपचारका लागि गएको र सोहि दिन उक्त अस्पतालले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइसोलेशनमा राखी थप परिक्षणका लागि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा शुक्रबार मंकीपक्स पुष्टि भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट