महोत्तरीमा ७० वर्षीय एक वृद्धको हत्या-Sutra News

महोत्तरीमा ७० वर्षीय एक वृद्धको हत्या

शनिबार, ६ पौस २०८१

शनिबार, ६ पौस २०८१

काठमाडौं । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ४ साँढा टोलमा डकैतहरुको समूहले एक वृद्धको हत्या गरेको छ ।



शनिबार बिहान ४ बजेको समयमा फलामे रड र धारिलो हतियार लिएर घर प्रवेश गरेको एक समूहले सोही नगरपालिकाको साँढा टोल बस्ने ७० वर्षीय सुशिल झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुन्तलालप्रसाद जैसवारले जानकारी दिए ।

पूर्व गाविस सचिव समेत रहेका झामाथि चोरहरुको समूहले फलामे डण्डीले अन्धाधुन्ध प्रहार गरेपछि घटनास्थलमै उनको मृत्यु भएको मृतकका श्रीमत उर्मिला देवी बताए ।

मृतकको शरिर भनिर चाटको निलडाम देखिएको छ भने पेट काटिएको र घाटी थिचिएको अवस्था रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धानका लागि पुग्नुभएको प्रहरी नायब महानिरीक्षक लालमणि आर्चायले घटनाबारे अनुन्धान भई रहेको बताए ।

‘‘हाम्रो प्राविधिक टिमले अनुसन्धान गर्दै छ,’’ प्रहरी नायब महानिरीक्षक आचार्यले भने, ‘‘घटनास्थलबाट प्रमाण र हुलिया लिएर अपराधिहरुको खोजि कार्य तीव्र बनाएका छौं ।’’

यो घटना चोरीको जस्तो देखिए पनि भित्रि कुरा अरुनै हुन सक्ने स्थानीयको भनाइ छ । छिमेकी मनोज झाका अनुसार यो घटनामा लेनदेनको विषय पनि जोडिएको हुनसक्छ । चार दिन अघि केहि व्यक्तिले लेनदेनको विषयलाई लिएर वृद्ध झालाई धम्की समेत दिएको छिमेकी झाको भनाइ छ ।

घटनाबकारे सुक्ष्म अनुसन्धान गर्नुपर्ने र अपाराधिलाई कानुनी कारवाही गर्नुपर्ने माग स्थानियको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट