एनपीएलको सर्वाधिक विकेट लिने शीर्षस्थानमा ललित राजवंशी-Sutra News

एनपीएलको सर्वाधिक विकेट लिने शीर्षस्थानमा ललित राजवंशी

शनिबार, ६ पौस २०८१

शनिबार, ६ पौस २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी शीर्षस्थानमा पुगेका छन्।



यसअघि सुदूरपश्चिमका स्कट कुगेलिनसँग बराबरी १६ विकेट भए पनि फाइनल खेलको पहिलो इनिङ्समा ललितले एक विकेट लिँदै १७ विकेटसहित शीर्षस्थानमा पुगेका हुन्। तर कुगेलिनलाई अझै रेकर्ड ब्रेक गर्दै आफ्नो नाममा पार्ने मौका छ। अब यसपछि जनकपुरले ब्याटिङ गर्दा कुगेलिनले बलिङ गर्नेछन्।

ललितले एनपीएलमा सबैभन्दा बढी ४० ओभर बलिङ गरे। एउटा बलरले पाउनेजति सबै ओभर बलिङ गर्ने ललित एक मात्र खेलाडी हुन्। यसक्रममा उनले ५ मेडन राख्दै २१३ रन खर्चिएका छन्।

कुगेलिनले २५।५ ओभरमा १६ विकेट लिएका छन्। उनले यसक्रममा एक मेडन राख्दै १६७ रन खर्चिएका छन्। धेरै विकेट लिनेमा चितवनका सोहिल तानभिर १४ विकेट, बिपिन शर्मा, रिजन ढकाल र किशोर महतोले समान १३ विकेट लिएका छन्।

फाइनलमा पुगेका अन्य खेलाडीले भने यो रेकर्ड भेटाउने सम्भावना छैन। सैफ जैवको मात्रै ११ विकेट छ। जनकपुरले १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट