किरा लागेका खाना बेचेको भाटभटेनीलाई काठमाडौं महानगरले तिरायो दुई लाख जरिवाना-Sutra News

किरा लागेका खाना बेचेको भाटभटेनीलाई काठमाडौं महानगरले तिरायो दुई लाख जरिवाना

शनिबार, ६ पौस २०८१

शनिबार, ६ पौस २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।



ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो।

महानगरको कल सेन्टरमा ‘बासी, सडेगलेका र किरा लागेका खाना बेच्यो’ भनी गुनासो आएको थियो। उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो। त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो।

महानगरपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अबउपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रबन्ध मिलाउनु होला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट