काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ९.५२ अंकले घटेको छ । प्रिसेसनसँगै नेप्से २५८७.३० को बिन्दुमा झरेको छ ।
यो सेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घट्यो । कारोबारमा आएका ५७ कम्पनीमध्ये ३७ को मूल्य घट्दा १९ को मूल्य बढ्यो । १ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
विशेषगरी यो सेसनमा बैंक र हाइड्रो क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ । ५ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३२ लाख १४ हजार रुपैयाँको भयो ।
यसअघि साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से ३१.४३ अंकले घट्दै २५९६.८२ को बिन्दुमा झरेको थियो ।
नेप्से गएको साता लगातारजसो ओरालोमा थियो । पाँच कारोबार दिनमा नेप्से ११९ अंकले घटेको थियो । २७ सय बिन्दुबाट नेप्से २६ मुनि झरेको थियो ।