काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । केही कारोबार दिनदेखि नै लगातार ओरालोमा रहेको सुनचाँदीको मूल्य आइतबार उच्च अंकले बढेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार सुनको मूल्य १ लाख ४८ हजार ५ सय रुपैयाँ थियो ।
सुनको मूल्यलाई पछ्याउँदै आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ७६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १ हजार ७९० रुपैयाँ कायम भएको हो ।
केही सातादेखि नै घटिरहेको सुनचाँदीको मूल्य यो साताको अन्तिम तीन कारोबार दिन उच्च दरले घटेको थियो । यद्यपि, आइतबारको कारोबारले भने मूल्य बढ्ने संकेत गरेको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६२३.१८ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा बढेको हो ।