काठमाडौं । काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले यस पटक पनि भव्यरुपमा ‘आइटी एक्स्पो’ ग¥यो । कलेजले दोस्रो संस्करणको रुपमा पुस ४ र ५ (डिसेम्बर १९ र २०) आफ्नै कलेज प्राङ्गणमा एक्स्पो गरेको थियो ।
दुई दिन चलेको एक्स्पोलाई झन्डै ४ हजार बढीले अवलोकन गरेका छन् । कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख वासुदेव वस्तीले जनाएअनुसार एक्स्पोमा विभिन्न कलेजका विद्यार्थीसहित राजनीतिक तथा सामाजिक क्षेत्रका चर्चित व्यक्तिहरू उपस्थिति थिए ।
कांग्रेसका नेता डा. शंशाक कोइराला, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री, पूर्व डिआइजी रमेश खरेललगायत चर्चित सेलिबे्रटीहरुले एक्स्पोको अवलोकन गरेका थिए ।
हुन पनि एक्स्पोमा रोचक लाग्ने इनोभेसनका कुराहरू राखिएका थिए । विशेषगरी एक्स्पोमा विभिन्न किसिमका गेमिङ्ग, लाइफ डिडेक्टिभ सफ्टवेयर, फायर वालसम्बन्धी सफ्टवेयर, विभिन्न कम्पनीको मेनेजमेन्टमा आवश्यक पर्ने सफ्टवेयर प्रदर्शन गरिएको थियो ।
रोचक विषय, कलेजका वीएसआइटी, वीवीए र वीएचएमका विद्यार्थी स्वयंले एक्स्पोको व्यवस्थापन गरेका थिए ।
“प्रत्येक विद्यार्थीसँग फरक–फरक इनोभेसनको क्षमता हुन्छ, जसलाई व्यवस्थित बनाउने र बजारमा ल्याउने कुरा महत्वपूर्ण हुन्छ, तर उनीहरूलाई इनोभेसन गर्न प्रोत्साहित गरिएन, उनीहरूका इनोभेसनलाई राम्रो बनाउन सुझाव दिइएन र बजारीकरण गर्न सहयोग गरिएन भने यसै सेलाउन सक्छ”, कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख वस्ती भन्छन्, “कलेजले विद्यार्थीलाई थप इनोभेटिक कर्ममा प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो गरेको हो, यो विद्यार्थीलाई प्रेरणा दिने नयाँ प्रयोग हो ।”
वस्तीका अनुसार आइटी एक्स्पोबाट विद्यार्थीले थप फिडब्याक लिँदै आफ्नो इनोभेसनलाई राम्रो बनाउने अपेक्षा कलेजले राखेको छ ।
आइटी एक्स्पो गरेको कलेजले छिट्टै जब एक्स्पो पनि गर्ने तयारी गरेको छ । जुन एक्स्पोबाट विद्यार्थीले बनाएका आइटीसम्बन्धी उत्पादनलाई बिक्री गर्दै रोजगारीमा जोड्न मद्दत गरिने उनले बताए ।
आइएसएमटी बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ सुन्दरल्याण्डबाट सम्बन्धन प्राप्त कलेज हो । जहाँ वीएसआइटी, वीवीए र वीएचएमका लगायतका विषयमा अन्तराष्ट्रिय तहको अध्ययन गर्ने अवसर पाइन्छ ।