हृदयघातबाट थुनुवाको मृत्यु-Sutra News

हृदयघातबाट थुनुवाको मृत्यु

आइतबार, ७ पौस २०८१

आइतबार, ७ पौस २०८१

काठमाडौं । महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।



लागुऔषध र्दुव्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।

जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उहाँलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो । हृदयघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट