एनपीएलको फाइनलमा सट्टेबाजी गराउने २ भारतीय पक्राउ-Sutra News

एनपीएलको फाइनलमा सट्टेबाजी गराउने २ भारतीय पक्राउ

आइतबार, ७ पौस २०८१

आइतबार, ७ पौस २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी (अनलाइन बेटिङ) गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक हुन्।



शनिबार सम्पन्न जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेलमा सट्टेबाजी गराएको आरोपमा २ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङमा बस्ने ४७ वर्षका हरिस जावा र सोही ठाउँका ऋषि मातन रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

उनीहरुको साथबाट प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका ५ वटा मोवाइल, एउटा ल्यापटप, एनसेलका ८ वटा सिम, हरिसको भारतीय राहदानी, आधार कार्ड, ऋषिको आधारकार्ड र भोटिङकार्ड बरामद गरेको छ।

यसअघि पनि एनपीएलमा बेटिङ गराएको आरोपमा प्रहरीले केही भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट