काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिशको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।
सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।