सहकारी ठगी प्रकरण- दुई जनालाई ५ दिन हिरासतमा राख्न अनुमति-Sutra News

सहकारी ठगी प्रकरण- दुई जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

आइतबार, ७ पौस २०८१

आइतबार, ७ पौस २०८१

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।



काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । शैली थापा समेतका व्यक्तिहरूले यो सहकारी ठगी प्रकरणमा जाहेरी दिएका थिए ।

त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम पक्राउ परेका थिए । उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट