अब त्रिविमा भ्रष्टाचार निवारण पढ्न पाईने-Sutra News

अब त्रिविमा भ्रष्टाचार निवारण पढ्न पाईने

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर कार्यक्रमका लागि सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन पढाइ हुने भएको छ।



सन् २०२१ मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन स्नातकोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको थियो। त्यसैमा अब सार्वजनिक नीतिको शिक्षा पनि प्रदान गर्न लागेको कार्यक्रम संयोजक अधिकारीले बताए।

यो कार्यक्रम कीर्तिपुरमा सञ्चालन हुँदै आएको छ। यस कर्यक्रममा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिन पाउने अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट