रविलाई सांसदबाट निलम्बन गरे रास्वपा अदालत जाने-Sutra News

रविलाई सांसदबाट निलम्बन गरे रास्वपा अदालत जाने

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदबाट निलम्बन गरिए अदालत जाने भएको छ । रास्वपाले यसबारेको जानकारी सभामुख देवराज घिमिरेलाई पनि सोमबार गराएको छ ।



सोमबार बिहान सिंहदरबारस्थित कार्यालयमा सभामुख घिमिरेलाई भेटेर रास्वपका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद गणेश पराजुली र सोबिता गौतमले लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने बताएका हुन् ।

पार्टी सभापतिको सांसद पद निलम्बन गरिए कानुनको बर्खिलाप हुने र त्यसविरुद्ध पार्टी अदालतसम्म जानकारी सभामुखलाई जानकारी गराएका हुन् ।

रास्वपा सांसदहरूको कुरा सुनेपछि सभामुख घिमिरेले आफूले नियम कानुनअनुसार निर्णय गर्ने बताएका थिए।

रास्वपाका सभापति लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । सम्पत्ति शुदीकरणमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

प्रहरीले आइतबार सभामुख घिमिरेलाई लामिछानेविरुघ सम्पत्ति शुदीकरणको अभियोगमा मुद्दा दर्ता भएको जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट